एक जनाले एउटै गाउँका एक सय युवतीहरुलाई तनाब, रुँदै आए सिधाकुरामा (भिडियो सहित)

सम्बन्धित भिडियो हेर्न यो बक्समा किलक गर्नुस

काठमाडौं । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३१७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः
१. सार्वजनिक यातायातको यात्रा कहिले होला सहज ?

काठमाडौं । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएसँगै यातायात क्षेत्रमा व्यप्त सिण्डिकेट हटाउने समितिहरु खारेज गरी उनीहरुलार्ई कम्पनीमा रुपान्तरण गरियो । अनि देशमा सिण्डिकेट हट्यो भनि भाषणवाजी पनि भए ।

बस व्यवसाय समिति र सरकारबीच हारजितकै खेल चलिरहँदा समितिलाई कम्पनीमा जान फागुनसम्मका लागि म्याद थप गरेको छ । सरकारले अहिले पनि सिण्डिकेट तोडिएको दाबी गरे पनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले यसको अनुभुति गर्न पाएका छैनन् ।

२. विद्यार्थीले स्कुलमा तोडफोड गर्दा ५० लाख भन्दा बढीको क्षती !

चितवन । चितवनको भरतपुर महानगरपालिका ८ गौरीगञ्जमा रहेको श्री माध्यामिक विद्यायलयमा २ विद्यार्थीले तोडफोड गरी लाखौँको क्षती पु¥याएका छन् । सोही विद्यालयको कक्षा सातमा पढ्ने रमित विक र कक्षा ९ मा पढ्ने नविन विकसहित २ जना पूर्व विद्यार्थीले मंसिर २२ गते शनिबार बिद्यालयमा तोडफोड गरेका थिए ।

उनीहरुले विद्यालयको कम्युटर ल्याब, विज्ञान संकायका केमेष्टिर तथा फिजिक्स ल्याबमा ठूलो क्षती पु¥याएका छन् ।
३. सय भन्दा बढी युवतीको फेक फेसबुक आइडी बनाई चरित्र हत्या !

दोलखा । विश्वभर एकै छिनमा सन्देश पठाउन सबैभन्दा प्रभावकारी मानिएको सामाजिक सञ्जाल फेसबुकको नेपालमा नियमक निकाय नहुँदा यसको सदुपयोग भन्दा दुरुपयोग बढी हुने गरेको छ । कतिपयले फेसबुकको दुरुपयोग गरी कसैको जिन्दगीसँग खेलवाड गरिरहेका छन् ।

दोलखाका एक सय बढी युवतीहरुलाई उनीहरुकै नाम गरेको नक्कली फेसबुक एकाउन्टबाट वास्तविक तस्वीरमा नक्कली शरीर जोडेर अश्लील तस्वीर पोष्ट गरिदिने, परिवार आफन्तलाई पठाइदिने र निरन्तर ब्ल्याकमेल गरिरहेका छ ।

सम्बन्धित भिडियो हेर्न यो बक्समा किलक गर्नुस