सम्बन्धित भिडियो हेर्न यो बक्समा किलक गर्नुस
|
वास्तुशास्त्र अनुसार घर भित्र मौरी , अरिंगाल हुनु अशुभ मानिन्छ। यसले गर्दा घरका युवा सदस्य अगाडी बढ्न सक्दैनन्। त्यसैले मौरीको घारलाई पनि घरभन्दा बाहिरको उचित स्थानमा राख्नु राम्रो मानिन्छ।
चराहरु सुन्दर लाग्छन् । चराका बचेराहरु गुँडमा बसेको र भुर्र भुर्र उडेको पनि राम्रो लाग्छ। तर घरभित्र चराले गुँड लगाउनु भने अशुभ मानिन्छ। त्यसैले यदि घरभित्र चराले गुँड लगायो भने सुरक्षित तरिकाले त्यसलाई बाहिर कतै सारिदिनुपर्छ।
माकुराले घरमा जालो लगाउनुले धनसम्पत्तिमा ह्रास आउने बुझिने हुनाले माकुराको जालो देख्नासाथ पन्छाउनु पर्छ। त्यस्तै घरमा चमेरोले वास गर्नु भनेको घरमा अशान्ती र दु:खका दिन भोग्नुछ भन्ने संकेत हो।
विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :
सम्बन्धित भिडियो हेर्न यो बक्समा किलक गर्नुस
|